चैत्र १६, २०८० शुक्रबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका(२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहकाअनुसार बासु गाहा मगरकी भाउजू २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छिन् । घाइतेको प्रस्तावित भालुवाङ अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

घरभित्र भाउजूले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमा मृत्यु भएको हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com