काठमाडौं। सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी गरेको छ।
संसद्को चालू अधिवेशन अन्त्य गरेर चुनावको मिति तोकिन सक्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताइन्। मन्त्री रेग्मीले महत्वपूर्ण विधेयकहरु पारित गरेर अधिवेशन अन्त्य गर्ने र चुनावको मिति तोकिन सक्ने बताइन्।
बजेट अधिवेशन भएपनि संसद बैठकमा थुप्रै विधेयक अघि बढेका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेलाई चुनावको मिति तोक्न सत्ता गठबन्धन दलमा सहमति भएको बताए पनि मन्त्रिपरिषद्ले मिति तोक्ने निर्णय गरिसकेको छैन।
सरकारले महत्वका साथ लिएको वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न बाँकी छ।
निर्वाचन आयोगले मंसिर ४ गते निर्वाचन गर्नेगरी मिति तोक्न सरकारलाई सुझाव दिइसकेको छ। सँगै आयोगले १ सय २० दिनको तयारी अवधि दिन भने पनि अब मंसिर ४ आउन १ सय ११ दिन मात्रै बाँकी छ।
प्रतिक्रिया