चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।

सोमबार काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको टिप्पणी गरे । सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताए ।

‘‘त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्बाबाट त्यो भूभाग हटाइएको रहेछ’, ओलीले भने, ‘त्यसलाई सामेल गरेपछि त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नुपर्नेछ । नभन्दै म सरकारबाट हट्नुपर्‍यो पनि ।’

अध्यक्ष ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि पनि प्रधानमन्त्रीबाट हट्नुपरेको दावि गरे । उनले भने, ‘प्रधानमन्त्रीबाट हटेकामा पीर होइन, देश कता जाँदैछ, त्यसमा पीर लागेको छ ।’

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com