चैत्र १५, २०८० बिहिबार । March 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं।राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलवारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलवारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।

प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com