जेष्ठ १२, २०८० शुक्रबार । May 27, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक सूचना टाँस गर्दै साउन १८ गतेसम्मका लागि स्थगित भएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा प्रदेशका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रस्ताव गर्ने कार्यसूची रहेको थियो। प्रदेश सभा सदस्य मालामति रानाले प्रदेश सभामा बिजनेश नहुँदा स्थगित भएको बताइन्।

उनले सरकारले सभालाई बिजनेश दिन नसकेका कारण बैठक स्थगित भएको भन्दै बिजनेश दिन नसक्नु सरकारको कमजोरी रहेको आरोप लगाइन्। यस्तै कार्य परामर्श समितिको बैटकमा सभा सञ्चालनबारे सहमति नजुट्दा पनि प्रदेश सभाको बैठक बस्न नसकेको बताइएको छ। पदाधिकारी र सदस्यहरुको सेवा सुविधामा सांसदहरुको असहमति रहँदै आएको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com