चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । शाओमीले रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी १०एको ठुलो ६.५३ एचडी पलस डिस्प्ले रहेको छ । यसमा भएको थ्रीडी–कर्भड ब्याक र फिङ्गरप्रिन्ट सेन्सरले रहेको छ ।

रेड्मी १०ए मा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरूलाई सोचे जस्तै फोटो खिच्न मद्दत गर्दछ । यसमा पावर अपको लागि मिडिया टेक हेलिवो जी २५ प्रोसेसर जडित छ जुन २।० जीएचजेठ सम्मको क्षमता रहेको अक्टा–कोर सीपीयू हो । यसमा पाँच हजार एमएच ब्याट्री छ । यो स्मार्टफोन १० डब्लु को चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।

रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रङहरूमा उपलब्ध छ । यो फोन २ जीबी ं३२ जीबीको मूल्य १३ हजार ९९९ र ३ जीबीं६४ जीबीको मूल्य १५ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, “टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सीमा फराकिलो पार्दै आइरहेको छ । त्यसै अनुसार हामीले क्यामेरा, उच्च रिजोलुसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको रेड्मी १० ए बजारमा ल्याएका छौँ ।”

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com