चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । संसदीय विशेष छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समय तय भएको छ । सभामुखलाई बुझाएलगत्तै सदनमा पेस गर्ने तयारी छ ।

बिहीबार नै समय सकिएको समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ज्येष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले अपरान्ह ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो ।

संसद सचिवालयका अनुसार संसद भवन नयाँ बानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइनेछ । प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राखिएको छ । पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बझेर दोस्रो बैठकमा पेस गर्ने तयारी छ ।

करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो । समय अपुग भएको भनि साउन ५ गते सात दिन समय थप भएको थियो । प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com