मंसिर १२, २०८० मंगलबार । November 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो ।

नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड जापान जाने भएपछि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेशका पूर्वनिर्धारित बैठकका तालिका हेरफेर गरेको हो ।

बैठकको निर्णयअनुसार प्रदेश १ कोे २६ गते बैठक बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशको २ भदौमा बस्ने गरी बैठक सारिएको छ ।

लुम्बिनीको २४ साउनका लागि तय गरिएको बैठक २९ साउनमा बस्ने र २८ साउनका लागि तय गरिएको सुदूरपश्चिमको बैठक ४ भदौमा बस्ने गरी सारिएको प्रवक्ता महराले जानकारी दिए । उनका अनुसार विशेष प्रदेशको ४ भदौ, प्रवासको ६ भदौ र सम्पर्क मञ्चको ८ भदौमा बैठक बस्नेछ ।

प्रवक्ता महराले १५ साउन अपरान्ह ३ बजे बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com