आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन० विधेयक, २०७६’, ‘प्रत्यायन ९एक्रिडिटेशन० विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत् गर्ने बैठकको कार्यसूची रहेको छ ।

आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यो विधेयक आजै पारित गर्ने कार्यसूची पनि रहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com