जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई तथा शुभकामना दिएकी हुन् ।

मुर्मूको कार्यकालमा नेपाल–भारतबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विचार राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com