आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित



काठमाडौं । बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट चालक परियार र पछाडी सवार राई घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको टे«लर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com