माघ १३, २०७९ शुक्रबार । January 27, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

खोटाङ । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ ।

महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटिको सह–संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज राई छन् ।

अधिवेशनका लागि १७ जातिय घटक संगठनहरूको इन्चार्ज र संयोजक तोकिएको आयोजक कमिटीका संयोजक राईले बताए । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा महासंघको प्रदेश स्तरीय भर्चुअल बैठक बसेको हो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com