चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको जवांै महाधिवेशनको अन्तिम तयारी भइरहेको छ ।

उक्त तयारीसँगै प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा पत्रकार छायाचन्द्र भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

प्रेस स्वतन्त्रता र स्वरोजगारमुलक पत्रकार हकहितका लागि निरन्तर सक्रिय भण्डारीले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

दुई दशक भन्दा बढी सञ्चार क्षेत्रमा क्रियाशील भण्डारी साना लगानीका सञ्चार गृहका पत्रकार र श्रमजीवि पत्रकारका समस्यालाई नजिकबाट नियाल्ने गर्दछन् ।

पत्रकारिता क्षेत्रलाई आकर्ष र मर्यादित बनाउन निरन्तर सक्रिय छन् । मकवानपुरको हेटौडामा यही साउन ६ र ७ गते हुन गइरहेको जवांै महाधिवेशनका लागि देशभरबाट झण्डै सत्र सय केन्द्रीय पार्षद् आफ्ना नेतालाई विजयी गराउन हेटौंडा आउने छन् ।

जवांै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । हेटौंडामा हुन गइरहेको नेपाल प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री एवं कांग्रेस शभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com