चैत्र १५, २०७९ बुधबार । March 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुबै पद रिक्त थियो । रिक्त पदमा संसदीय दलका नेताले देउवामा बुधवार नयाँ नियुक्ति गरेका हुन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com