मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताउनुभयो ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो । सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मतदाता नामावली दर्ताका लागि सेवाग्राही आउने गरको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

असारमा मात्रै जिल्लामा पाँच हजार २२२ नयाँ मतदाता थपिएका छन् । यस अवधिमा दुई हजार ६५८ महिला र दुई हजार ५६४ पुरुष मतदाता थपिएका छन् । यस्तै यसै अवधिमा ५८७ जनाको ठाउँसारी र ७४ जनाको सच्चाउने गरी ६६१ जनाको मतदाता नामावली अध्यावधिक गरिएको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com