आश्विन ९, २०८० मंगलबार । September 26, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र भाजपा बीच दिल्ली भएको सहमतिले जनयुद्धको लक्ष्य र देश कमजोर भएको अभिव्यक्ति छन्। सोमबार सामाजिक संजालमा एक स्टाटस लेख्दै रावलले भनेका छन्, ‘दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे १ यही हो ‘जनयुद्ध’ को लक्ष्यरु यस्तै कामकुराले देश कमजोर हुँदै छ। अझै प्रमपत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी छ। राष्ट्र हितप्रति खेलबाड र स्वार्थको भद्दा रुप।’

भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रचण्ड आइतबार स्वदेश फिर्ता भएका छन्। उनले भारत भ्रमणमा रहँदा भाजपाका अध्यक्ष नड्डासहित भारतीय विदेशमन्त्री एस जयशंकरलगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com