चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियन डिएलएको तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।

शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा चयन भए । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् । खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।

यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए । महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com