जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् । भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे । यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्को बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com