मंसिर १६, २०७९ शुक्रबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौत्तमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे ।

‘आफैँ काम गर्ने, आफैँ अनुगमन गर्ने, आफैँ परीक्षण गर्ने हो रु लोकतन्त्रमा यही हुन्छ रु यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न,’ उनले भने । सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com