जेष्ठ १४, २०८० आइतबार । May 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । जिवछिरिङ्ग लामाले चुनाव नलड्ने घोषणा गरेसँगै युवा नेता कुन्दनराज काफ्लेले टिकट पाउने सम्भावना बढेको छ। उनलाई चुनाव जित्न सक्ने नेताका रुपमा हेरिएको छ।

सामान्य परिवारमा दोलखाको जफेमा जन्मेका काफ्ले अहिलेका जल्दाबल्दा युवा लोकप्रिय नेताका रुपमा लिइन्छ । लामो समय नेपाल विद्यार्थि सघंमा रहेर पटक पटक जेल जीवन जिएर राजनीतिमा योगदान गरेकाले उच्च छबि बनाउन सफल भएका कुन्दनराज काफ्ले स्ववियु सभापति, नेवि संघ महामन्त्री हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भए ।

सामाजिक क्षेत्रमा विभिन्न उदाहरणीय योगदान गरेका काफ्ले दोलखा आशा भएका नेताका रुपमा छबि बनाउन सफल भएका छन। उच्च विचार, जनताका सेवामा सदैव अग्रसर हुने, युवाका लागि प्ररेणाका स्रोत, पार्टिको विचार प्रति सदै निष्ठावान र दूरदर्शी सोच राख्ने भएकाले नै उनि युवा वर्गमा लोक प्रिय र काङग्रेसको युवा नेतामा आशाका केन्द्र बिन्दुको रुपमा स्थापित भएका छन्।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com