आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद जीपछिरिङ लामाले अब पार्टीबाट निर्वाचन नलड्ने बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार उनले त्यस्तो बताएका हुन् ।

आफू सांसद भएर पनि अवसर नपाएको तर आफूभन्दा ‘जुनियर’ले समेत मन्त्री र अरू पद पाएको भन्दै उनले पार्टीबाट आफूलाई चुनाव लड्न आवश्यक नभएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com