आश्विन ७, २०८० आइतबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

गोर्खा । गोर्खाको गोर्खा नगरपालिका–५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

गोर्खा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोर्खा–७ सतिपिपलका २९ बर्षीय सुरज गुरुङ र सोही स्थानका १३ बर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था भने मध्यम रहेको छ ।

तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रीत भई पल्टिएको थियो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com