चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।

फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको आयोगद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

हाल आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार पारेर काठमाडौं उपत्यकाका ३ जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुर० सेवा सुरु गरेको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेश गर्न सकिने आयोगले जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आवेदन पेश गरी सकेपछि अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने बताएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com