चैत्र १५, २०७९ बुधबार । March 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी भएका छन् ।

रुकुम पश्चिममा जंगली च्याउ खाँदा बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको घरका पाँच जना बिरामी भएका हुन् ।

मंगलबार बेलुका आशिरामले जंगलबाट च्याउ ल्याई पकाएर खाँदा परिवारका पाँच जना बिरामी भएको प्रहरी स्रोतले जनाएको छ ।

बिरामी हुनेमा ३६ वर्षीय आशिराम खत्री सहित श्रीमती ३१ बर्षीया कुमारी खत्री, छोरा ६ बर्षीय शेरबहादुर खत्री, छोरी ३ बर्षीया धनमाया खत्री र भान्जा १४ बर्षीय निमबहादुर खत्री रहेका छन् ।

उनीहरुलाई बुधबार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याएको र घाइतेमध्ये घरमूली आशिराम र छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अन्य तीन जना भने बोल्न सक्ने अवस्थामा छन्।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com