जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रभु बैंकले ६८ हजार ३९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।

बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो सेयर जारी गरिएको जानकारी दिएको हो ।

बैंकले शंकरलाल अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । यो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाहेकका व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com