मंसिर २२, २०८० शुक्रबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने निश्चित भएसँगै अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले त्यसलाई औपचारिकता दिने अन्तिम तयारी गरेका छन् । यादवले भोलीदेखि वीरगंजमा आफू पक्षीय समितिको बैठक बोलाएपछि डा। भट्टराईले पजि आजदेखि काठमाडौं आफू पक्षीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

डा। भट्टराई पक्षका नेताहरुको विस्तारित बैठक आजदेखि जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बस्न लागेको छ । उक्त बैठकमा भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्ने तयारी भएको बुझिएको छ ।

भट्टराई पक्षका नेताहरु विस्तारित बैठकमा भाग लिन काठमाडौं आइ सकेका छन् । यो बेठक भोलीसम्म चल्नेछ भने यादव पक्षको बैठक भोलिदेखी सुरु हुनेछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com