आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा यही असार २९ गते नयाँ पुस्ताबाट आदिकवि भानुभक्तको रचना वाचनलगायत कार्यक्रम तय गरेको छ ।

आदिकविबारे विद्यालय तहका विद्यार्थी समेतलाई बोध गराउन र उनीहरूकै स्वरबाट भानुको रामायणको श्लोक वाचन कार्यक्रम राखिएको प्राज्ञ सदस्य डा. देवी नेपालले जानकारी दिए ।

सोही अवसरमा ‘आदिकवि भानुभक्तको जीवनी’ विषयक प्रवचन पनि हुनेछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com