काठमाडौं । सरकारले तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक आइजीपी बनाउन गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज जवाफी वहस हुने भएको छ ।
आइजीपी सिंहको नियुक्तिका विरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट उपर आज उनको पक्षका कानून व्यवसायीहरुले जवाफ दिने भएका हुन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइको क्रममा रहेको यो मुद्धाको फैसला आजै आउन सक्ने बताइएको छ ।
मन्त्रिपरिषद्को बैठकले बैशाख १८ गते सिंहलाई आइजीपीमा नियुक्त गरेको थियो । उक्त निर्णय गरेर सरकारले ऐन मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपीमा बढुवा गरेको भन्दै पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया