आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

बझाङ । बझाङमा किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने एक जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुङ्गल नगरपालिका(४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगीलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरेका नेगीले बलात्कारको प्रयास गरेका हुन् ।

उनले किशोरीलाई धाराभन्दा केही परको स्थानमा लगी बलात्कार प्रयास गर्दा किशोरीले चिच्याएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस घटनाका सम्बन्धमा थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com