चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सन्तोष राई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार एक युवतीले राईद्वारा आफू बलात्कारमा परेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । राईले आफूलाई असार २४ गतेका दिन होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप ती युवतीले राईमाथि लगाएकी थिइन् ।

राईले आफूलाई बन्धक बनाएर बनाएर बलात्कार गरेको आरोप पीडित युवतीको रहेको छ । हिले घुम्न जाउ भनी तेह्रथुमको वसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा लगेर बन्धक बनाई आफूमाथि राईले जबरजस्ती करणी गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छिन् ।

वडाध्यक्ष राई गएको बैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com