आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले जित्ने पक्का भएको छ । हालसम्मको मतगणनामा एमालेका रामबहादुर बानियाँले ४,५५५ मत ल्याएका छन् भने कांग्रेसका रंगबहादुर खातीले ३,५९७ मत ल्याएका छन् ।

गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब ४०९ मत मात्र गन्न बाँकी छ ।

उनीहरूबीच अहिले ९५८ मतको फरक छ । गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएकाले एमालेको जित निश्चित भएको हो ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४,४०० मत कटाएकी छन् । कांग्रेसकी रिता शाहले ३,६०० मत ल्याएकी छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com