मंसिर १४, २०७९ बुधबार । November 30, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज (शुक्रबार)अन्तिम दिन हो ।

कम्पनीले १७ असारदेखि १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।

यसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८श७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६.२७ कित्ता रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले यसअघि ६ देखि २६ जेठसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर अहिले लिलामीमा ल्याइएको हो । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com