काठमाडौं । गत बैशाख ३० गतेको निर्वाचन रद्ध गरिएको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आजको मतदानमा पनि लफडा भएको छ ।
जारी मतदानमा फेरि विवाद सिर्जना भएपछि प्रहरीले गोली नै चलाउनुपरेको हो ।
त्रिशक्ति मावि मतदान केन्द्रमा जारी मतदानलाई लिएर दुई पक्षका एजेन्टबीच झगडा भएपछि प्रहरीले गोली चलाएको छ । दुवै पक्षको झगडाले उग्र रुप लिन थालेपछि गोली चलाउनु परेको प्रहरीको भनाई रहेको छ ।
आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया