आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

जनकपुरधाम । शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश आदान प्रदान गर्न जनकपुरधाममा सातै प्रदेशका गृहमन्त्रीको भेला हुन लागेको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन लागेको बैठकमा यस प्रदेशका गृह तथा सञ्चारमन्त्री र बाँकी ६ वटा प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीलगायतको भेला हुन लागेको हो।

गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा हुन लागेको बैठकमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको टोली जनकपुरधाम पुगेका छन्। बैठकमा अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रममा सबै प्रदेशका गृहमन्त्री नेतृत्वको टोलीले आ(आफ्नो प्रदेशको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी छलफल हुने गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।

छलफल पश्चात जनकपुरधाम साझा प्रतिवद्धतापत्र जारी गरिने मन्त्री साहले बताए।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com