चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

धरान । स्वच्छ धरान राम्रो धरान बनाउने धरान उपमहानगरपालीकाको प्रमुख हर्कराज राईको अभियानलाई साथ दिँदै उपमहानगरपालिकालाई स्वदेश तथा विदेशबाट सहयोग आईरहेको छ ।

हाल सम्म युके, हङकङ, पोर्चुगल निवासी, फाईबर कम्पनि आइएमई लाइफ इन्स्योरेन्स, मेगा बैंकले फोहोर व्यवस्थापन गरी धरानलाई सफा बनाउन करीव २ सय वटा डस्वीन नगर प्रमुखको अभियानमा सहयोग गरेको छ । त्यस्तै यूके निवासीले १ लाख ६ हजार पर्ने खानेपानीको पाईप पनि सहयोग गरेको छ ।

नगर प्रमुख राईले दाताहरुलाई धन्यवाद व्यक्त गर्दै धरानलाई सफा, सुन्दर बनाउने आफ्नो अठोट भएको बताउनुभयो । उहाँले धरानलाई सफा राख्ने अभियान जारी रहेको र धरान सफा बनाउने उद्देश्यका साथ इस्वीन राखेर मात्र नहुने भएकोले मंगलबार बसेको कार्यपालिका बैठकमा धरान बजार एरीया भित्र जथाभावी फोहोर फाल्नेलाई जरीवाना गर्ने निणर्य पारीत भएको बताउनुभयो ।

फोहोर व्यवस्थापनमा नै करोडौ रुपैया खर्च भइरहेकोले नगरबासी आफै जिम्मेवार भएर आफ्नो घर, आँगन र घर अघिको बाटो सफा राखेमा त्यो रकम अन्य विकास निर्माण वा सामाजिक कार्यमा खर्च गर्न सकिने बताउनुभयो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com