चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका सिनेमा हलहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हललाई मनोरञ्जन कर तिरेर नवीकरण गरेर मात्रै सञ्चालन गर्न महानगरले सूचना जारी गरेको छ ।

महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हल, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाईट क्लव, सास्कृतिक प्रदर्शन हल, थियटररनाटक घरलाई महानगरले मनोरञ्जन कर तिर्न भनेको छ ।

“फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटससल, जुम्बा, मसाज एवम् स्पा, स्वीमिङ पुल, पार्कलगायत मनोरञ्जन करसँग सम्बन्धित व्यवसायीलाई त्यस वडाबाट व्यापार व्यवसाय गर्दा व्यवसाय कर र मनोरञ्जन कर तिर्न आग्रह गर्दै महानगरले भनेको छ, “उल्लेखित व्यवसायहरूले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्तारनवीकरण गर्न अनुरोध छ ।”

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com