आश्विन १३, २०८० शनिबार । September 30, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

नेपालगंज । जंगलमा एक महलिालाई बलात्कार गरेर भारत भागेका व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन् । २०७० भदौ ७ गते बाँकेको सोनपुरस्थित गिजरा सामुदायिक वनमा महिलालाई बलात्कार गरेर भारत भागेका जोहरु भाट पक्राउ परेका हुन् ।

भाटसहित दुई जनाले सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई एक्लै फेला पारी सामूहिक बलात्कार गरेका थिए । २०७८ असार १४ गते बाँके जिल्ला अदालतले उनलाई ७ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

कैद भुक्तानका लागि उनलाई बुधबार अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com