मंसिर १६, २०८० शनिबार । December 2, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहाबाट भैसी लोड गरि काठमाण्डौ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com