चैत्र ७, २०७९ मंगलबार । March 21, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

रामेछाप । रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन् । दुर्घटनामा ५ जना पुरुष र ४ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

रामेछापको सुनापति गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते २४ जनालाई धुलीखेल पठाइएको स्रोतले जनाएको छ ।

अहिले उद्धार कार्य जारी रहेको बुझिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com