मंसिर १५, २०८० शुक्रबार । December 1, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए।

यही असार २७ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकअघि कांग्रेसले आज पदाधिकारी बैठक राख्ने भएको हो। कांग्रेसमा केन्द्रीय समितिको बैठकमा छलफल गरिने अजेन्डा तय गर्न पदाधिकार बैठक बस्ने चलन छ।

साथै आजको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधानलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com