जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका– ६ बिजुलीकोटमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । चट्याङ लागेर ऐरावतीको वडा न। ६ का ५ जना र वडा नं। १ दाङवाङ्गका ४ जना गरि ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यी मध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com