चैत्र १५, २०७९ बुधबार । March 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ ।

आइतबार बिहान स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com