चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार अपराह्न शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् ।

जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रुपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो ।

मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com