मंसिर १२, २०८० मंगलबार । November 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि स्थानीय निकायको निर्वाचनभन्दा अगाडि एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले व्यंग्य गरेकी छिन् । काठमाडौं महानगरको भूमिकामाथि प्रश्न उठाउर्द मानन्धरले महानगर प्रमुख साहलाई कट्टु खोलेर मुख नछोप्न सुझाव दिएकी हुन् ।

महानगरपालिकामा भइरहेका समस्या समाधानमा लाग्न सुझाव दिदै मानन्धरले ठेला व्यापारीमाथि ज्यादती भएको उल्लेख गरेकी छिन् । महानगर प्रहरीले ठेलाका व्यापारीलाई दुख दिन थालेपछि उनले नेतृत्वमाथि नै प्रश्न उठाएकी हुन् ।

फेसबुकमा लेखेकी छन्, ‘म पनि काठमाडौ रैथाने बासी हुँ । महानगर सफा हुनुपर्छ सहि हो । हामीले आफ्ना करोडौं पर्ने जग्गारघर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सहि हो । बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो । गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु त्यसमा प्रश्न छ ।’

‘तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन । हरेक लागू गरेका नियमहरूको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ ।’

फुटपाथको विषयमा समस्या गर्नुको सट्टा अहिलेको परिस्थितिमा महानगरको नेतृत्व इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखिएको टिप्पणी अभिनेत्री मानन्धरले गरेकी छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com