माघ १३, २०७९ शुक्रबार । January 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एकजना सुरक्षाकर्मीले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र आत्महत्या गरेका हुन् ।

उनले आफूले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com