जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेको थियो । केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । नबिल बैंकले केही दिन पहिले मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सीइओ ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com