काठमाडौं । आज फेरिएका नयाँ मत्रीहरुको सपथ अपरान्ह ४ बजे हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट फेरिएका तीन नयाँ मन्त्रीको शपथ सोमबार दिउँसो ४ बजेको लागि तय भएको हो ।
जसपाले आइतबार आफ्नो पार्टीका तीन मन्त्री हेरफेर गर्दै नियुक्तिका लागि सिफरिस गरेको थियो।
प्रधानमन्त्री शेरबहादुर शेउवाले उनीहरुलाई नियुक्त गरेर सोमबारै राष्ट्रपति कार्यालयलाई जानकारी गराएका हुन् ।
राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरुको सोमबार दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय गरेको हो ।
प्रतिक्रिया