चैत्र ११, २०८० आइतबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत अवस्थामा कर्मचारी भेटिएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । आइतबार राति स्कुल प्रशासन र मृतक रमा रायमाझीको परिवारबीच सहमति भएसँगै तनाव साम्य भएको हो ।

छलफलमा मृतकका परिवारलाई स्कुलले ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउने लगायतका सहमति भएको हो । सो स्कुलको क्यान्टिनमा काम गर्ने रमा शनिबार साँझ होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको दाबी गर्दै आफन्तले आइतबार दिनभर स्कुल क्षेत्रमा प्रदर्शन गरेका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com