आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । दोलखाको भीमेश्वर नगरापालिका वडा नं. ८ मा बस दूर्घटनामा हुँदा दुई दर्जन हाराहारी घाइते घएका छन् । भीमेश्वर नगरपालिका वडा नं. ८ बोचामा बस एकआपसमा ठोक्किँदा दूर्घटना भइ घाइते भएका हुन् ।

काठमाडौंबाट दोलखाको चरिकोटतर्पm आउँदै गरेको प्रदेश ३–०–००५ ‘ख’ ९६९७ नम्बरको बसमा सवार ७ नजा र विपरीत दिशाबाट काठमाडौं जाँदै गरेको बा ३ ‘ख’ ७४६३ नम्बरको यात्रुबाहक बसमा सवार १५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

सो दूर्घटनामा घाइते हुनेहरुलाई पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उक्त यात्रुबाहक बसको तीब्र गति भएका कारण दूर्घटना भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com