चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं। बबरमहलमा आज बिहानै कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा कार चालक भक्तपुर कमलविनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलविनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन्।

घाइते तीन जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ। घाइतेमध्ये गिरीको अवस्था गम्भीर रहेको छ।

आज बिहानै पौने ३ बजे बा२च ८५३३ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com